सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जना लाभान्वित



लमजुङ । नेपाली सेनाद्धारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर मनाङको नार्पाभूमि गाउँपालिकाका ४४३ जनाले लाभान्वित भएका छन् । मनाङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट उनीहरू लाभान्वित भएका हुन् ।

शिविरमा नारगाउँका २६३ जनाले सेवा लिएका छन् । जसमध्ये ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाको ल्याबको उचार गरिएको छ । त्यसैगरी च्याँखुका १०१ जनाले लिएको सेवामध्ये ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब टेष्ट गरिएको छ ।

फुगाउँका ७९ जनाले विभिन्न सेवा लिएका मध्ये १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाले ल्याब सेवा लिएको गुल्मपति मल्लले जानकारी दिनुभयो ।

नेपाली सेनाको मनाङस्थित इन्द्रदल गुल्मले नार्फाभूमि गाउँपालिकामा ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सेनाले गाउँमै स्वास्थ्य शिविर सन्चालन गरेसँगै स्थानीय खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्