कांग्रेसका नेता राजन फेरि टिकट पाउनेमा ढुक्क

0
Shares

काठमाडौं  ।

विसं २०७० र २०७४ मा काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी (राजन) यो पटक पनि काठमाडौं क्षेत्र नम्बर १० बाट टिकट पाउनेमा ढुक्क हुनुहुन्छ ।

पार्टीले आकांक्षीहरुको नाम सिफारिस गरी पठाउने बेलामै केसीको एकल नाम सिफारिस भएपछि टिकट प्राप्त गर्ने करिब पक्काजस्तै भएको हो ।यस क्षेत्रको जनमत कांग्रेसकै पक्षमा रहेको बताउँदै केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीका साथीहरुले मेरो मात्रै नाम सिफारिस गर्नुभएको छ, सम्भवतः जनमतका आधारमा पार्टीले मलाई मूल्यांकन गर्छ भन्ने लागेको छ ।’

उहाँले सैद्धान्तिक वैचारिक कुराभन्दा पनि आफूले नागरिकको समस्यालाई सम्बोधन गर्दै आएको बताउनुभयो ।