परपुरुषसँग यौन सम्बन्ध राख्ने श्रीमतीद्धारा श्रीमानको हत्या

0
Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा परपुरुषसँग यौन सम्बन्ध राखेको श्रीमानले थाहा पाएपछि उल्टै आफनै श्रीमान्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवीथारुले ४२ वर्षका आफनै श्रीमान् जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाकाप्रहरी कार्यालय बुटवलका अनुसार थारुले मंगलबार राति आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी श्रीमान चौधरीको हत्या गरेकी हुन् ।

थारुको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो । जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।

घटनबारे थप अनुसन्धान भइरहेको प्रनाउ केसीले बताउनुभयो ।