डेंगुबाट १२ हजार २ सय १७ जना संक्रमित सरकारी अस्पतालमा मात्र



काठमाडौ । नेपालमा पछिल्लो दुई महिनादेखि फैलिएको डेंगुका कारण ११ जनाको मृत्यु हुनुका साथै १२ हजार २ सय १७ जना संक्रमित भएका छन् ।

नेपालको ७५ जिल्लामा फैलिएको डेंगु महामारीले बागमती प्रदेशमा निकै ठूलो स्वास्थ्य समस्या सृजना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र ९ हजार ३ सय ४ जना संक्रमित सरकारी अस्पतालमा रेकर्ड भएका छन् भने प्राईभेट अस्पताल, क्लिनिक र घरमै बसेर उपचार गराउँनेहरुको संख्या रेकर्ड नै नभएको जनाएको छ ।

यतिबेला पहिलो नम्बरमा बागबती प्रदेशको काठमाडौ, ललितपुर, भक्तपुर, हेटौडा लगायतको क्षेत्रमा डेंगुका बिरामीको चाप बढेको र स्वास्थ्य सुरक्षाका लागि लामखुटे्को पहिचान र निर्मुलीकरणका लागि सरकारले मात्र एक्लै गरेर सम्भव नहुने स्थानीय निकाय र धेरै डेंगु प्रभावित काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक सामु लामखुट्े निस्कृय पार्न सहयोगका लागि अपिल गरिसक्नुभएकोछ ।

नेपालको बागमती प्रदेश पछि दोस्रो नम्बरमा डेंगुको प्रकोप फैलिएको लुम्बिनी प्रदेशका नागरिकमा पनि निकै ठूलो स्वास्थ्य समस्या आएको र सबैले शरीर ढाक्ने कपडा लगाई घरवरीपरि पानी जम्ने खाल्टाखुल्टी पुर्ने, प्लाष्टिक, बोतल, बोतलका बिर्का, टायर, ग्यारे, अफिस लगायतका क्षेत्रमा डेंगु ल्याउने लामखुट्े नष्ट गर्न दैनिक जसो विषाधि छर्कने र घरमा बस्दा पूरा झुलभित्र बस्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले हरेक व्यक्तिको प्रयासले मात्र डेंगु रोगबाट बच्न सकिने भएकाले यतिबेला सबैले आफू र आफ्नो परिवारको सुरक्षाका लागि विशेष ध्यान दिन अनुरोध गरेको छ । डेंगुका विरामी बढेसँगै बजारमा अभाव हुँदै गएको सिटामोलको उत्पादन समेत शुरु भैसकेकाले घरमा स्टक नराखी आवश्यकता अनुसार मात्र खरिद गर्न र प्रयोग गर्न समेत मन्त्रालयले आम जनमानस समक्ष अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्