कामपाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित



काठमाडौं ।

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरु आन्दोलित भएका छन्।

बिहिवार जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरु महानगरविरुद्ध उत्रिएका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगरविरूद्ध  आन्दोलनमा  उत्रिएका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्