काभ्रेपलाञ्चोकको बेथानचोकमा पहिरो, एकै परिवारका तीनको मृत्यु

0
Shares

काठमाडौं ।

काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-४ चलालमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गए राति २ बजे गएकाे पहिराेले पुरिएर दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले तामाङको घर पुरेको एसपी जोशी बताए  ।

फाेटाे : माेतिराम तिमल्सिना