काठमाडाैंकाे सार्वजनिक स्थानमा धूमपान सेवन नगर्न कामपाकाे निर्देशन

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगामी असोज १ गतेदेखि धुमपान सेवन नगर्न निर्देशन दिएकाे छ।

बिहीबार एक सूचना  निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाले कानुन, सदाचार र सार्वजनिक हितका लागि धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउने उद्देश्यले जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।