आर्मी कलेजमा गोली चल्दा २ जनाकाे मृत्यु

0
Shares

एजेन्सी ।

बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताउनु भएको छ ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए । घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताउनुभएको छ ।