पाँच हजार घुस लिने खानेपानीका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खुलालले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।