जापानको नारिताका लागि उडेको जहाज आधा घण्टामै काठमाडौं फिर्ता



काठमाडौं ।

काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि काठमाडौं नै फिर्ता भएको छ ।

मंगलबार राति ११ बजे जापानको नारिताका लागि उडेको वाइडबडी आर ए ४३३ नम्बरको जहाज उडेको आधा घण्टामै काठमाडौं फर्किएको हो ।

कार्गो कम्पार्टमेन्टमा धुवाँ आएएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे  छ । १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्