मुलुकको समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली



td’ ;ª3sf] /fli6«o ;Dd]ng–;Daf]wg kf]v/f,@* ebf}M g]skf-Pdfn]_sf cWoIf Pj+ k”j{k|wfgdGqL s]kL zdf{ cf]nL dªunaf/ kf]v/fdf g]kfn nf]stflGqs td’ ;ª3sf] bf];|f] /fli6«o ;Dd]ng ;df/f]x ;Daf]wg ug'{x’Fb} . tl:a/M /flwsf sF8]n÷/f;;

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राख्नुभएको छ ।

आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो “देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।”

अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डो¥याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याउनुभयो ।

उहाँले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनाव जस्तो नभएर आगामी चुनाव देशमा समृद्धि ल्याउन तथा संविधान कार्यान्वयन गर्न महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

जनताले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्