विद्युत् सेवा अनियमितता हुँदा उपभोक्ता मारमा

0
Shares

रामेछाप । रामेछापमा विद्युत् सेवा प्रवाह अनियमितता हुँदा उपभोक्ता मारमा परेका छन् । केही दिनदेखि रामेछापमा विद्युत् प्रवाह दैनिक अवरुद्ध हुने हुँदा उपभोक्ता मारमा परेका हुन् ।

विद्युत् बारम्बार आउने जाने गर्दा विद्युतीय उपकरणमा क्षति भएको स्थानीयले बताएका छन् । मन्थली नगरपालिका–१ का यम बहादुर बुढाथोकीका अनुसार बल्ब जल्ने, फ्रिज, एसी जस्ता विद्युतीय उपकरण चाडै बिग्रने समस्या आएको छ ।

बारम्बार विद्युत् आउने जाने गर्दा विद्युतबाट सञ्चालन हुने उद्योग कारखानाको काम प्रभावित भएको तथा सरकारी कार्यालय, वित्तीय संस्था र अन्य निकायबाट अनलाइनमार्फत लिनु पर्ने सेवासमेत प्रभावित भएको छ ।

विभिन्न नागरिक संस्था तथा उपभोक्ताले बारम्बार कार्यालयमा गएर धर्ना दिनेसम्मका कार्य गरिरहेका भए पनि सेवामा सुधार आउन नसक्दा उपभोक्ताले हैरानी खेप्नु परेको मानव अधिकार संरक्षण सञ्जालका सदस्य विचार सिंह दोङ बताउनु हुन्छ ।

नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीका प्रमुख कृष्णहरि दाहाल केही दिन यता विद्युत् प्रवाह समस्या देखिएको भन्दै त्यसको समाधान गर्न लागिरहेको बताउनु हुन्छ ।

ढल्केबरको र दोलखाबाट आउने लाइन दुवैमा समस्या आएको कारण रामेछापको बिद्युत् अनियमितता भएको बताउनु हुन्छ । बर्खाको समयमा समेत पूर्णरुमा समापन नभएको कारण बिद्युत् प्रहवाहमा समस्या भएको प्रमुख दाहालले बताउनु भयो ।