१८ जना विद्यार्थी कारबाहीमा

0
Shares

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने १८ जना विद्यार्थी चालकलाई प्रहरीले कारबाही गरेको छ । आज (मंगलबार) स्कुल र कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकजाँचका क्रममा उनीहरूलाई प्रहरीको कारबाही गरेको हो ।

ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ जना चालक कारबाहीअन्तर्गत स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेक जाँचका क्रममा १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबारही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय ८२ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् ।

जसअन्तरगत बिहानै मापसे गरी मोटरसाईकल चलाउने ३ जना पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।