हरिवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका–१० नयाँरोड चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्