काठमाडौं । प्रधान सेनापति प्रशुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।
नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया