जनताले सोझै आफ्नो प्रधानमन्त्री चुन्न पाउनु : लिङ्देन

0
Shares

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले सोझै आफ्नो प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनु पर्ने बताउनु भएको छ । आज (सोमबार) मन्थलीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गदै अध्यक्ष लिङ्देनले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै लिङ्देनले चुनावमा खाएको पैसाले कोही मान्छे धनी नभएका बत्ताउनु भयो । निर्वाचनलाई देश बदल्ने अभियानको रूपमा लिनु पर्ने बत्ताउनुभयो । देश बिग्रियो भने देशका ठुला नेताहरूलाई केही फरक नपर्ने बताउँदै त्यसको प्रभाव जनतालाई पर्ने तर्फ उहाँले सचेत गराउनुभयो ।

ठूला भनिएका दलहरूले देश बरबाद गरेको भन्दै उहाँले आउने चुनावमा ती दलहरूको बाकस खली गरिदिनुपर्ने बताउनुभयो । यसको लागि युवाले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसो गर्न सकियो भने जनतालाई अब भेडा बाख्रा बनाउन सकिँदैन भन्ने चेत ठुला दलमा फिर्ने र सुध्रिएर आउने उहाँको भनाइ छ ।

राप्रपालाई कतिपयले हिन्दु राष्ट्रको कुरा उठाएर उत्पीडनमा परेकालाई थप पीडा दिने भ्रम फैलाएको उहाँले बताउनुभयो । सर्व धर्म सम भाव राप्रपाको एजेण्डा भएको उहाँले बताउनुभयो । त्यो नेपालको पहिचानसँग जोडिएको विषय भएको उहाँले प्रष्ट पार्नुभयो ।