एक महिला अधिकृत ३० हजार घुससहित पक्राउ

0
Shares

काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घुस लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार लुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रधानलाई नियन्त्रणमा लिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाकारी दिए ।

अनुसन्धानको क्रममा आन्तरिक राजस्व कार्यालय, महाराजगंजकी कम्प्युटर अधिकृत प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरी ३० हजार रुपियाँ लिएको पुष्टि भएको भण्डारी बताए ।

प्रधानको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज बिन्दु श्रेष्ठ प्रधानलाई बिगो ३० हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।