साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएर सेमिफाइनमा जाने नेपालको तयारी

0
Shares

काठमाडौं ।

साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएरसेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ ।काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो ।

समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले सोमबार श्रीलंकासँग भिड्न लागेको हो । यता दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ ।

भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ ।