पूर्वमन्त्री पोखरेल सम्मानित

0
Shares

काठमाडौं ।

पूर्वमन्त्री तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल जन विचार पब्लिकेशनद्वारा सम्मानित भएका छन् ।

पोखरेलद्वारा लिखित पुस्तक ‘गन्तव्य समाजवाद’ आज सार्वजनिकसार्वजनिक गर्ने समारोहमा उनलाई सम्मान गरिएको हो । पूर्वमन्त्री पूर्वराजदूत एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पोखरेल का बुबा इन्द्रप्रसाद र आमा रन्धाता पोखरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्। एमालेका केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार गोविन्द प्रसाद दुलालद्वारा सम्पादित पुस्तक जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको छ ।

पुस्तकमा पोखरेलका विभिन्न समयमा प्रकाशन सयौं लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ । नेकपा एमाले दोलखाका काठमाडौं सम्पर्क मन्च र जनविचार पब्लिकेशन को संयुक्तरुपमा आयोजना भएको उक्त समारोहमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारी, पूर्व सञ्चारमन्त्री एवं बागमती प्रदेशका सहईन्चार्ज पार्वत गुरुङ लगायतले पुस्तकमाथि चर्चा  गरेका थिए ।

विक्रमसंवत् २०२९ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरी कोअडीनेसन केन्द्र मालेमा आबद्ध हुँदै दोलाखामा कम्युनिष्ट पार्टीको गाड क्षेत्र बनाउन क्रियाशील रहदा करिब एक वर्षको जेल जीवन बिताउनु भएका पोखरेलले यसपछि पनि अलिकति पनि विचलित नभई पार्टी जिम्मेवारीलाई निरन्तरता दिएका थियो ।

जनपक्षीय उमेद्वारको रुपमा २०४३सालमा प्रधानपञ्च बाट संसदीय राजनीतिमा आबद्ध हुँदै २०५६ र २०७० मा निर्वाचित सांसद र २०७२ मा संविधानसभाको सदस्य को हैसियतले संविधान निर्माणमा भने पोखेल को योगदान रहेको देखिन्छ । दोलखाको विकास र श्रीवृद्धिमा माथिल्लो तामाकोशी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्माणमा आनन्द पोखरेलले निर्वाह गरेको भुमिका सराहनीय छ । बौदिकता र सरलता नेताकारुपमा चिनिनुहुने आनन्द पोखरेल दोलखाको मात्र नभई बागमती प्रदेशको अध्यक्ष हुँदै पार्टीको पोलिटब्युरो सदस्यको हैसियतले बागमती प्रदेशको सहइन्चार्ज छन् ।

संसदीय भूमिकामा सधैं खरो रुपमा उत्रने पोखरेलले सात महिनाको पर्यटन मन्त्रीको रुपमा रहँदा बुद्ध जन्म र बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट पार्दै लोकप्रिय र विवादरहित मन्त्रीको रुपमा आफ्नो छवि निर्माण गरेको देखिन्छ ।