भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेको औपचारिक भ्रमण सम्पन्न, आजै स्वदेश फिर्ता



काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेको औपचारिक भ्रमन सम्पन्न भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको आज (बिहीबार) औपचारिक भ्रमण सम्पन्न भएको हो ।

आइतबार नेपाल भ्रमणका आउनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेको औपचारिक भ्रमण आज सम्पन्न भएको भएको छ । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष पांड तथा श्रीमती अर्चना पाण्ंडे पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनु भएको छ । उहाँहरु दुवै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गर्नुभएको थियो ।

 

नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्को देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने विशिष्टिकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरुप मिति यही भदौ २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाण्डे नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुनु भएको थियो ।

सोही दिन जनरल पांडेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्नुभएको थियो । उक्त रात्रीभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु तथा पूर्व प्रधान सेनापतिहरुको समेत उपस्थिति थियो ।

त्यस्तैगरी भ्रमणकै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको थियो ।

त्यस्तै भारतीय स्थल सेनाध्यक्षले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गर्नु भएको थियो । साथै, उहाँ जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक हुनुभएको थियो । उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्डको समेत भ्रमण गर्नुभएको थियो ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्