लमजुङ । स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकलनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।
स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ ।
प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय म्याग्दी ८१.३ अंक सहित दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी ७९.२ अंक ल्याई तेस्रो स्थानमा रहको छ ।
उत्कृष्ट कार्यालयलाई बुधवार सम्मान गरिएको छ । लमजुङको बेसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरिय वार्षिक समिक्षा कार्यक्रममा कार्यालयलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख आतिथी एवं गण्ठकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पोष्टर प्रर्दशनीमा पनि उत्कृष्ट भएको छ । बेसीशहरमा दुई दिनसम्म भएको वार्षिक समिक्षा कार्यक्रममा सहभागि पाँचजिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य गतिविधि समेटिएको पोष्टर प्रर्दशनीमा लमजुङको स्वास्थ्य कार्यालय उत्कृष्ट भएको हो ।
यस्तै जिल्ला अस्पताल लमजुङ दोस्रो र स्वास्थ्य कार्यालय नवलपरासी तेस्रो भएका छन् । उत्कृष्ट हुने कार्यालयहरुलाई टीका खदा र मायाको चिनोले सम्मान गरिएको थियो ।
प्रतिक्रिया