माओवादी केन्द्र जाजरकोट प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस

0
Shares

काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । आज (बुधबार) बसेको निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो ।

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी केन्द्रीय सदस्य पनि हुन् ।

त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्वती विक ‘शान्ता,’ टेकबहादुर घर्ती ‘मुनाल,’ तिलक रावत ‘सुशील,’ जसवीर गाइन र राममाया हमालको नाम सिफारिस गरेको छ ।

-तस्बिर : चन्द्र पुनको सामाजिक सञ्जालबाट