प्रेम सुवाललाई टक्कर दिने को हुन् डा.राजेन्द्र कोजू ?



काठमाडौ । विद्यमान संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्रै प्रतिनिधि सभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर क्षेत्र नं १ बाट विजयी उनी यो पटक पनि उही क्षेत्रको सशक्त दावेदार हुन् ।

नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफनो क्षेत्रबाट पहिलो पटक सुवाललाई उम्मेदबारी बनाएका थिए । पहिलो पटक विजुक्छेंको ठाउँंमा सुवालले विजयी पनि हासिल गरे सजिलैसित । त्यसपछि दोश्रो पटक पनि सुवाललाई नै उम्मेदवारी बनाइयो । फराकिलो मतले विजयी पनि भए । यो पटक मंसिर ४ गते हुने संघीय संसदमा पनि उही सुवाल नै एक्लो दावेदार हुन् । पार्टीका अर्का शशक्त दावेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहेपछि सुवाल मात्रै एक्लो दावेदारका रुपमा छन् । यस क्षेत्रमा नेककिपाबाट । सुवाल पार्टीका केन्द्रिय सचिव पनि हुन् ।

नेमकिपाको पकड क्षेत्र भए पनि यो क्षेत्रमा अन्य पार्टीहरुको पनि उम्मेदबारी नपर्ने भने होइन । त्यसमध्ये अहिले गठबन्धनबाट सशक्त दावेदारका रुपमा आएका छन्, नेमकिपाकै गढ मानिने भक्तपुर नगरका डा राजेन्द्र सुवाल । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंका डा कोजू नेकपा (एकीकृत समाजवादी) बाट क्षेत्र नं १ मा सिफारिस भएका छन् । उनी नै नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), एकीकृत समाजवादी लगायतको पाँंचदलीय गठबन्धनका शशक्त उम्मेदबार सिफारिस हुने प्रबल सम्भावना छ ।

को हुन् डा राजेन्द्र कोजू ?

डा.राजेन्द्र कोजू मंसिर ४ गते हुने संघीय निर्वाचनमा नेकपा (एकिकृत समाजवादी) का तर्फबाट भक्तपुर जिल्ला क्षेत्र नं १ को उम्मेदवारीका लागि जिल्ला कमिटी भक्तपुरबाट सिफारिस गरिएका व्यक्ति हुन् । जिल्ला कमिटीको भाद्र १२ गते बसेको बैठकले उनको नाम प्रत्यक्षतर्फ क्षेत्र नं १ संघीय निर्वाचनका उम्मेदवारका निम्ति सिफारिस गरिएको हो । उनको नाम सिफारिस गरिएसँगै.डा कोजू को हो हुन् ? भने विषयमा परिचर्चा चल्न थालेको छ ।

डा कोजू २०३५ असार १० गते साविक भक्तपुर न.पा. वडा नं १ (हाल वडा नं ९ तौलाछेंमा सामान्य किसान परिवारमा जन्मेका एकजना सचेत र कातिकारी चेतना भएका शिक्षाकर्मी हुन् । आमा रामप्यारी कोजू र बुबा इन्द्र ब. कोजूको प्रथम सन्तानका रुपमा जन्मिएका उनी राजनीतिशास्त्र र समाजशास्त्रका विद्यार्थी हुन् । उनले राजनितिशास्त्रमा पि.एच.डी सम्मको अध्ययन पूरा गरेका छन् ।

डा राजेन्द्र कोजूले विद्यार्थी राजनीतिबाट आफ्नो राजनिति यात्रा शुरु गरेका हुन् । २०४५ सालको चर्चित भक्तपुर काण्ड, त्यतिबेलाको राज्यस्तरको षडयन्त्र र दमनलाई सचेत अध्ययन गरेका डा. कोजूले २०४६ सालको जनआन्दोलनमा समेत ‘पंचायत व्यवस्था मुर्दाबाद,’ ‘वहुदलीय प्रजातन्त्र जिन्दावाद’ नाराका साथ क्रान्तिकारी झण्डा उठाएका थिए ।

आफू पढेको स्कूलका जनपक्षीय शिक्षकहरुको गिरप्mतारी, वारेन्ट, प्रहरी दमनका कारण विस्थापित भएको र पंचायतका पक्षपाती शिक्षकहरु मनोमानी नियुतिmको विरोधमा संगठित भएका डा कोजू विस्तारै राजनीतिमा संक्रिय मात्र नभई, विद्यालयमा गठित प्रारम्भिक कमिटीका अध्यक्ष, वडा कमिटी र प्रारम्भिक कमिटीको अध्यक्षसम्म भएर पनि काम पनि गरे ।

विद्यालयको अझै नेतृत्वका साथै विभिन्न साहित्यिक, राजनीतिक गतिविधि गर्दै अगाडि बढेका उनी नेपाल क्रान्तिकारी विद्यार्थी संघंको जिल्ला समिति र केन्द्रीय सदस्य.सम्म सक्रिय भई कार्य गरेका थिए । सानै बेलादेखि शिक्षक बन्ने रहर बोकेका उनी एसएलसी उत्तीर्ण गरेपछि नै शिक्षण पेशामा प्रवेश गरे । २०५१ सालमा एसएलसी उत्तीर्ण गरेका कोजूले दुई विषयमा स्नातक, दुई विषयमा स्नाकोत्तर र राजनीति शास्त्रमा पि.एच.डी.अध्ययन पूरा गरेका छन् ।

डा राजेन्द्र कोजूसँग २५ वर्षको शिक्षण अनुभव छ । हाल उनी ४४ वर्षका छन् । शिक्षा र साहित्य क्षेत्रमा सक्रिय भई जनताको सेवा गर्ने काममा निरन्तर लागिरहेका छन् । उनकै नेतृत्वमा भक्तपुरमा दुईवटा विद्यालय तथा कलेज संचालनमा छन् । कलेज तथा विद्यालयमा अध्यापन गर्नुका साथै मानव अधिकारको क्षेत्रमा पनि सलंग्नता र सक्रियता कायम राखेका छन् ।

डा कोजू निजी तथा आवासीय विद्यालय एसोसिएसन भक्तपुरका ३ पटक अध्यक्ष र एक कार्यकाल केन्द्रीय सदस्यको भूमिका निभाईसकेका छन् । हाल राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेव्टी इन्टरनेशनलको समूह ५६ को संयाजक र नियोक सचिव कोजूले सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रमा आफ्नो महत्वपूर्ण उपस्थिति कायम राखेका छन् ।

साहित्य र राजनीतिक क्षेत्रवाट जनताको सेवा गर्न सकिन्छ भने विश्वास राख्ने कोजूले पाँचबटा कविता संग्रह प्रकाशन भइसकेका छन् । यसका अलावा उनीसंग पाठ्यपुस्तक लेखनको पनि अनुभव छ । यी सबै क्षेत्रलाई समानान्तर रुपमा लान सक्नु उनको खुवी हो । विद्यार्थी कालमै राजनीति शुरु गरेका उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुर जिल्ला कमिटीका सदस्य तथा क्षेत्र नं १ कमिटीका सचिवको जिम्मेवारीमा छन् । यसका अलावा पार्टीको बुद्धिजिवी फाँट नेपाल बुद्धिजिवी परिष्द (समाजवादी) का केन्द्रीय सदस्य छन् ।

संघीय निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रत्यक्ष तर्फबाट उम्मेदवारीका लागि सिफारिस गरिएका कोजूसँग पुल्चोक इन्जिनियरिङ्ग कलेजको स्ववियू निर्वाचनको पनि अनुभव छ । विद्यालय जिकन्याटिक महासंघका केन्द्रीय उपाध्यक्ष भइसकेका डा. कोजूसँग देश विदेश भ्रमणको पनि अनुभव छ ।

उनले जापान, वंगलादेश, इण्डिया र सिंगापुरको अध्ययन भ्रमण गरिसकेका छन् । समग्रमा भन्नुपर्दा, डा. राजेन्द« कोजूलाई एकजना सम्भावना बोकेका वहुप्रतिभाशाली व्यतिmत्वका रुपमा लिन सकिन्छ । राजेन्द्र कोजूका राजनीतिक आस्था, विश्वास र चेतना उनले लेखेका साहित्य र लेखहरुमा प्रस्फुटित भएका छन् ।

समसामयीक घटनाका सन्दर्भमा व्यक्त उनका विचारहरुमा माक्र्सवादी दृष्टिकोण प्रष्ट देखिन्छन् । उनका हरेक साहित्यमा जनताका आवाज बोल्ने गरेको छ । राजनीति र समाजमा देखिएका सबैखालका विकृति र विसंगतिलाई न्यायपूर्ण चिरफार गरी परिवर्तनको लागि कलम चलाउन ठाक्दैनन् प्रगतिशिल चेतना र क्रान्तिकारी धारको पक्षपोषण गर्दै आफ्ना वीचारहरु विभिन्न किताव, पत्र पत्रिका र साहित्य मार्फत सम्प्रेषण गरिने उनका वीचारहरु जनप्रतिनिधिमूलक छन् ।

सडकमा जिन्दावाद र मूर्दावादको नारा लगाउने तहवाट माथि उठेर विचार निर्माणको तहमा योगदान गर्न सक्ने व्यक्तिका रुपमा उनलाई बुझ्न सकिन्छ । कम्युनिष्ट विचारधारा, समाजवाद र संघीय व्यवस्था प्रतिको निष्ठा आस्था र विश्वास सधै कायम राखेको छन् । तसर्थ, उनले राजनीति शास्त्रमा अन्तगर्त नेपालमा संघीयको आवश्यकता औचित्य र आधार विषयमा गहन अध्ययन र खोजी गरी विद्यावारिधि गरे । यी तमाम कारण राजेन्द्र कोजू नेपालको व्यवस्थापिक संसदका लागि जनताका लायक प्रतिनिधि हो भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्