उत्सव शोकमा परिणत !

0
Shares

हेटौंडा । निकै उल्लाससाथ गाउँमा ठूलो पर्व आयोजना हुँदै गर्दा पारिवारिक समस्याका कारण गोठालो जान बाध्य एक महिलाको चट्याङ लागेर ज्यान गएको छ ।

मकवानपुरको जुन क्षेत्रलाई लक्षित गरेर बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो, सोही दिन सोही क्षेत्रकी एक महिला आर्थिक विपन्नताका कारण उत्सवमा सहभागी हुन पाइनन् । बरु, मृत्युवरण गर्नुप¥यो ।

मकवानपुरको बिकट राक्सिराङ गाउ“पालिका वडा नम्बर–२, बरेटारकी ती महिलाको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिक गोठालो गएकी महिला र अर्का एक व्यक्तिलाई चट्याङ लागेकोमा महिलाको मृत्यु भएको हो ।

ज्यान जानेमा राक्सिराङ–२, बरेटारकी ६२ वर्षीया कालीमाया स्यांतान रहेको जनाइएको छ । मंगलबार सा“झ घरनजिक बारिमा गएको समयमा उहाँलाई चट्याङ लागेको थियो । चट्याङ लागेकी उहाँको घटनास्थलमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।

निकै बिकट भएकाले घटनाको मुचुल्काका लागि बुधबार विहानमात्र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ । पोष्टमाटमका लागि शव हेटौंडा अस्पतालसम्म ल्याउन भौगोलिक कठिनाइका कारण समस्या भएको छ । उक्त घटनाका कारण बिकट गाउँ शोकमा छ ।

सोही क्षेत्रमा मुख्य बसोबास रहेका प्रकृतिपूजक मानिने सीमान्तकृत आदिवासी चेपाङ समुदायको विशेष पर्व न्वागी (छोनाम पर्व) मनाएका छन् । पिछडिएको समुदायको सशक्तीकरणमा छोनाम पर्वले सम्पूर्ण जातजातिबीच भाइचारा र सद्भावका साथै पिछडिएको समुदायलाई राज्यको मूल प्रवाहीकरणमा आउने ऊर्जा प्राप्त हुने विश्वास लिइएको छ ।

सोही क्षेत्रको प्रतिनिधित्व गर्दै नेपालकै पहिलो मन्त्री बन्नुभएका प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा (चेपाङ) ले नेपाल बहुजाति, बहुभाषी र बहुसाँस्कृतिक मुलुक भएको उल्लेख गर्दै थरिथरिका जातहरुमध्ये अतिसीमान्तकृत जनजातिको सूचीमा रहेको चेपाङ एउटा पृथक् पहिचान र संस्कृति बोकेको जाति भएको प्रष्ट्याउनुभएको छ ।

हरेक वर्षको भदौ तेस्रो साता सोमबार वा शुक्रबार प्रकृतिको पूजा गर्दै नया“ फलेका दैनिक उपभोगमा आउने तरकारीदेखि गिठ्ठा र भ्याकुर आफ्ना इष्टदेवतालाई चढाएर चेपाङ समुदायले न्वागी पर्व मनाउने गर्दछन् ।

यस दिन चेपाङ समुदायका प्रत्येक घरमा रातभर एकपाखे ढ्यांग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ । मकवानपुरका चेपाङले भने न्वागी विशेष कार्यक्रम सोमबार राति नै गरेका छन् ।

राज्यमन्त्री प्रजा, राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्लसहित कर्मचारीको विशेष उपस्थितिमा सोमबार राति राक्सिराङ–७ स्थित दामराङमा न्वागी कार्यक्रम आयोजना गरिएको थियो । नया“ फलेका अन्न तथा फलफुल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत् देवीदेवतालाई चढाएपछिमात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् ।

वर्षायाममा फल्ने का“क्रो, करेला, गाभा, निबुवा, कागतीलगायत तरकारी तथा फलफुल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछिमात्र खान सुरु गर्छन् ।

उनीहरुले गिठ्ठा, भ्याकुरका लहरा तथा फूल, कुरिलो, उखु, बिभिन्न जडिबुटीका बोटहरु पनि खोजेर देउतालाई चढाउने गर्दछन् । हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी (छोनाम) पर्व मनाउने चलन रहे पनि सोमबार वा शुक्रबार पारी न्वागी फलाक्ने चलन भएकाले बार मिलाउ“दा केही दिन अघिपछि हुने गरेको छ ।

वागमती प्रदेशका धादिङ, चितवन र मकवानपुरका चेपाङ समुदायले पर्व मनाएका छन् । पर्वको सम्मान गर्दै वागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो ।