तामाकोसीमा डुबेर एक जनाको मृत्यु

0
Shares

काठमाडौं । तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको डुबेर ज्यान गएको हो ।

माझी हिजो दिउँसो मन्थली नगरपालिका–७ ओडारेस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।