काठमाडौं महानगरले हटायो असन क्षेत्रका अनधिकृत संरचना

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको असनमा सडक अतिक्रमण गरी बनाएका व्यापारिक संरचना हटाउन सुरु गरेको छ ।

यसअघि अनधिकृत संरचना हटाउन २४ घण्टे सूचना जारी गरेको सूचनालाई वेवास्ता गरी सडकमा नै सामाग्री राखेर व्यापार गर्ने क्रम नरोकिएपछि मंगलबार महानगरले संरचना हटाउन सुरु गरेको हो ।

महानगरले इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका अनधिकृत संरचना, पसल हटाउन पुनः निर्देशन दिएको छ ।

महानगर प्रहरीले अवैध संरचना भत्काएको थियो भने व्यापारिहरुले वडासँग सम्झौता गरेर नै व्यापार गरेको भन्दै विरोध जनाएका थिए ।