ट्रकले परिचालकलाई किच्यो

0
Shares

धादिङ । 

धादिङको धुनिबेशी नगरपालिका–९ ढलानमा आज बिहान ट्रकले किच्दा परिचालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

आज बिहान साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको हो । ट्रक सहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ ।