पाँडेलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै


काठमाडौं

नेपाल भ्रमणमा रहेका भारतको स्थल सेनाध्यक्ष मनोज पाँडेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाँडे नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
ततपश्चात उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् । पाँडे नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीको हस्तान्तरण कार्यक्रम छ । ५ दिने भ्रमणका उनी पोखरा र मुक्तिनाथको पनि भ्रमण गर्नेछन् ।