रुपन्देहीमा ह्याभीवेटहरूकाे प्रतिस्पर्धा : क्षेत्र नं. ३ मा कांग्रेसबाट खाँण र २ मा एमालेबाट पौडेल सिफारिस

0
Shares

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को लागि नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्नो उम्मेदवार टुंग्याएका छन् । कांग्रेसले ३ नम्बरबाट प्रत्यक्ष तर्फ गृहमन्त्री बालकृष्ण खाँणको एकल नाम सिफारीस गरेको छ । एमालेले भने सांसद घनश्याम भुसाल सहित ४ जनाको नाम सिफारीस गरेको छ । त्यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ वाट एमालले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको एकल नामा सफिारिस गरेको छ ।

नेपाली कांग्रेस क्षेत्रिय समिति रुपन्देही क्षेत्र नम्बर ३ को आईतवार बसेको बैठकले प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ खाँणको एकल नाम सर्वसम्मतिमा सिफारीस गर्ने निर्णय गरेको क्षेत्रिय सभापति शुसिल गुरुङ्गले जानकारी दिनु भयो । यस्तै प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फ जन्नतुन निसा धुनिया र बिष्णु थापाको नाम सिफारीस भएको छ ।

प्रदेश क को लागि प्रत्यक्ष तर्फ ओम कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, गोपालमान राजभण्डारी, देवी प्रसाद चौधरी, रमा अर्याल र नारायण कंडेल सहित ६ जनाको सिफारीस भएको छ । यस्तै प्रदेश क कै लागि समानुपतिक तर्फ १७ जनाको नाम सिफारीस भएको गुरुङ्गले जानकारी दिनु भयो ।

प्रदेश सभा ख को लागि प्रत्यक्ष तर्फ रामचन्द्र ढकाल, रमेश खनाल, प्रेम बहादुर फौज्दार, बिमल प्रसाद ढकाल, हरिध्वज मल्ल, वेग बहादुर कुंवर, सोमनाथ शर्मा, पुष्पा थरुनी, रमा कुमारी अधिकारी खडका सहित ९ जनाको नाम सिफारीस गर्ने निर्णय भएको गुरुङ्गले बताउनु भयो । प्रदेश ख को समानुपातिक तर्फ पनि १७ जनाको नाम क्षेत्रिय समितिले सिफारीस गरेको छ ।

नेकपा एमालले ३ नम्बरवाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ सांसद घनश्याम भुसाल सहित तिलोत्तमा नगरपालिकाका निर्वतमान प्रमुख बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्व सांसद यज्ञजित शाहलाई सिफारीस गरेको क्षेत्र नम्बर ३ का क्षेत्रिय संयोजक नर बहादुर घर्तिले जानकारी दिनु भयो ।

एमालेले प्रदेश सभाको क को लागि विश्वराज बराल, राजेन्द्र पन्थी, लक्ष्मी केसी, सीता काफ्ले र हरि प्रसाद अधिकारी सहित ६ जनाको नाम सिफारीस गरेको छ । प्रदेश सभा अन्र्तगत ख मा तुलसी चौधरी, नर बहादुर घर्ति, प्रेम गुरुङ्ग र राम प्रसाद रेग्मीको नाम सिफारीस गरिएको क्षेत्रिय संयोजक घर्तिले जानकारी दिनु भयो ।