ओखलढुंगा कांग्रेसबाट ५५ जनाको नाम सिफारिस

0
Shares

काठमाडाैं । नेपाली कांग्रेस ओखलढुंगाले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश चुनावका लागि ५५ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय कार्यसमितिमा र प्रदेश सदस्यका लागि प्रदेश कार्य समितिमा नाम सिफारिश गरेको हो ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिकका सबै पदमा धेरैले दावी गरेपछि दावी अनुसारकै नाम सर्वसहमतमा सिफारिस गरिएको नेपाली कांग्रेसका सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । उनका अनसार प्रदेश क्षेत्रबाट आएका नामलाई जिल्ला समितिले सर्बसहमत रुपमा सिफरिस गरी पठाइएको छ ।

प्रतिनिधि सभामा चार जना प्रत्येक्ष, र पाँच जना समानुपातिक, प्रदेशसभा ९क० मा १४ जना प्रत्यक्ष, १२ समानुपातिक र प्रदेशसभा ९ख० मा ८ जवना प्रत्यक्ष र १२ जना समानुपातिकमा सिफरिस भएका हुन । उमेद्वारी सिफरिसको मापदण्ड नबनाइ सबैलाई गोलमोटल सिफरिस गरेको जिल्लाका नेताहरुको बताएका छन् । यसले खासै टिकटमा अर्थ नराख्ने उनीहरुको भनाइ छ ।

प्रतिनिधि सभाका लागि केनद्रीय सदस्य रामहरी खतिवडा, प्रदीप कुमार सुनुवार, नेता बालकृष्ण दाहाल र खिलानाथ दाहालले इच्छा व्यक्त गर्नुभएको छ । त्यस्तै समानुपातिकमा महेशकुमार कोर्मोचा, गोमा केसी, बाला अधिकारी, डेकराज भट्टराई, हेमालक्ष्मी राई लाई सिफरिस गरेको छ । प्रदेशसभा मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नवीन राई, बद्रीनाथ दाहाल, टेकराज भट्टराई, वेदबहादुर रोका , हरिप्रसाद दाहाल, लिलाबल्दभ दाहाल ९काका०, विनोदकुमार केसी, महेन्द्रबहादुर कार्की , नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरलाई सिफरिस गरेको जिल्ला सभापति खनालले जानकारी दिनुभयो ।

प्रदेश क को समानुपातिकतर्फ तीर्थराज थापा क्षेत्री , पेमा निमा शेर्पा ,हेमालक्षमी राई , टीकाराम कार्की, झिलादेवी दाहाल, अम्बरबहादुर विक, हेमकुमारी तामाङ, पदमकुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर र शान्ता भण्डारी सिफरिसमा पर्नुभएको छ ।

त्यस्तै प्रदेश ख को प्रत्यक्षतर्फ नेता कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी , अजय लुइटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुइटेल, राजनकुमार सुवेदी र शान्तिराज खड्काको नाम सिफारिस गरेको बताइएको छ । प्रदेश (ख) को समानुपातिकतर्फ सविता राई, कुमारबहादुर श्रेष्ठ, दुर्गाकुमारी तामाङ, लेखबहादुर राई, बलबहादुर तामाङ, सुन्तला परियार, गोपाल खड्का, खीम तामाङ, इन्द्रमाया मगर, डिल्लीबहादुर रोका, चन्द्रबहादुर कार्की र अर्चना लुइटेलको नाम सिफरिस गरेको छ ।

आकांक्षीहरु बढीभएपछि आएकाजती सबैको नाम प्रदेश कार्यसमितिमा पठाइएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रले नेता राम कार्कीलाई सिफरिस गरेको छ । गठबन्धन दलहरुबीचको भागबण्डामा ओखलढुंगा कसको भाग पर्छ भन्ने टुंगा लागेकोे छैन् ।