टिकटका लागि कोइराला-चौधरी आमने सामने

0
Shares

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासीबाट उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले नाम सिफरिस भएको छ । कोइराला प्रत्यक्ष निर्वाचित सांसद हुन् भने चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुन् ।

दुवै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमाउम्मेदवार बन्न आवेदन दिए थिए आवेदन अनुसार दुवै जनालाई प्रदेश सभामा सिफरिस गरी पठाइएको नेपाली कांग्रेस नवलपरासीले जनाएको छ ।

दुवै नेता एकै ठाउँबाट चुनावी मैदानमा उत्रीएपछि पार्टीले कस्लाई टिकट दिलाउला भन्ने चासोको विषय बनेको छ । कोइरालाको पकड यस क्षेत्रमा राम्रो रहेको स्थानीय नेताहरु बताउँछन् । उनी संस्थापन इतर पक्षका नेता भए पनि गत पार्टीको महाधिवेशनमा मौन बसेका कारण शेरबहादुर देउवाल सहयोग गरेको आरोप लागेपछि कोइराला देउवा निकट हुनुहुन्छ ।

यता अर्वपति विनोद चौधरी पनि सांसद र केन्द्रीय सदस्य भैसक्नुभएको र पार्टी सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष बनाउने बचन दिनुभएको थियो । देउवा निकट रहेकाले टिकट वाहाकै हातमा पर्न सक्ने समेत अनुमान गरिएको छ । यसो गर्दा एक जनालाई समानुपातिकको बन्द सूचीमा अटाउनु पर्ने पार्टीलाई दबाब बढ्ने कांग्रेसबृत्तमा चर्चा छ ।

उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले निरन्तर ३ पटक चुनाव जित्दै आउनुभएको छ । यसपटक पनि वाहाको सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी छ । उद्योगपति चौधरीले २ नं. क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव होमराज रानाभाटले बताउनुभयो ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि दुइवटा निर्वाचन क्षेत्रबाट कुल १४ जनाले आवेदन दिएका छन् । जस अनुसार निर्वाचन क्षेत्र नं १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाको आवेदन परेको पार्टीले जनाएको छ ।

प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन दिएको सचिव रानाभाटले बताउनुभयो । प्रदेश सभा सदस्यका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्य देखि नगर सदस्यमा चुनाव हारेका समेत रहेका छन् ।