भारतीय सेना प्रमुख आज नेपाल आउँदै


काठमाडौं । पाँच दिने भ्रमणका लागि भारतीय सेनाका प्रमुख मनोज पाँडे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान कार्यक्रम छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।