ब्लोदानको २५औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्रले शनिवार खुसीवुमा एक कार्यक्रमको आयोजना गरी २५ औ साधारण सभा सम्पन्न गरेको छ । ब्लोदानका अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले प्रमुख अतिथि परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अनिल बाबु श्रेष्ठले नेपालको रक्त संचारको क्षेत्रमा ब्लोदानले गरेको कार्यको सह्राना गर्नु भयो ।

त्यसैगरी विशिष्ट अतिथि तथा अतिथिहरुमा, उमेश ढकाल, कार्यकारी निर्देशक, ने.रे.सो.का दिव्य राज पौडेल, निर्देशक, केन्द्रीय रक्तसंचार सेवा, ने.रे.सो., सुर्य कुमारी श्रेष्ठ, संस्थापक एवं वरिष्ठ सल्लाहकार ब्लोदान, दिव्य मणि दिक्षित, संस्थापक–ब्लोदान, नवराज अर्याल.उपाध्यक्ष कास्कुन, टिकाराम मण्डल, इन्र्चाज कान्तिपुर रक्तसंचार सेवा, ने.रे.सो, परशुराम दहाल, इन्र्चाज प्रसुती गृह रक्तसंचार सेवा, किरण योगी इन्र्चाज हिमाल रक्तसंचार सेवा, सुभाष गोयल वरिष्ठ सल्लाहकार ब्लोदान, लोक नारायण सुवेदी, वरिष्ठ सल्लाहकार ब्लोदान सुभद्रा खड्का सल्लाहकार लगायत अन्य विशिष्ट व्यक्तीत्वहरुको उपस्थीति रहको थियो । साधारण सभामा विभिन्न संघ संस्थाहरुलाइ रक्तदानको विभिन्न क्षेत्रमा गर्नु भएको योगदानको कदर सहित सम्मान गरीएको थियो ।

२०४४ सालमा स्थापीत यस संस्थाले देशभर रक्त अभाव हुन नदिन रक्त संकलन कार्यक्रमलाइ निरन्तरता दिदै विभिन्न सामाजिक एवं व्यवसायीक संस्था समेतलाइ प्रोत्साहन र उत्पेरणा मुलक कार्यक्रम संचालन गर्दे आएको छ । कार्यक्रमका सभापति तथा अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानले स्थापनाकालदेखि हाल सम्म रक्तदानका क्षेत्रमा विभिन्न उत्पेरणा मुलक कार्यक्रमहरु नियमित गर्दै आएको र आगामी दिनमा गोलवन्द गर्दै अगाडी बढ्ने बताउनु भयो । उहाँले कोरोना लगायतका बालबालिकाका १३ प्रकारका खोपलाई लक्षित गर्दै तत्काल ज्यान नजाने खोप निशुल्क गर्न सक्ने सरकारले रगतको अभावमा मानिसको ज्यान जाने विषयमा किन रगत निशुल्क गर्न नसक्ने भन्ने प्रश्न गर्नु भयो ।

कार्यक्रममा डोनर पिन तर्फ १ सय १० पटक रक्तदान गर्नु हुन कुलबहादुर पाण्डे सहीत ७ जनालाई डायमण्ड पिन साथै १४ जनालाइ गोल्डेन, र १२ जनालाइ शिल्भर पीन प्रदान गरीएको थियो भने नियमित रक्तदान गर्ने १३ संस्थालाइ रनिङ्ग शिल्ड प्रदान गरीएको थियो । १ सय ७७ रक्तदान कार्यक्रम मार्फत २० हजार ४ सय ८४ पीण्ट रगत संकलन गर्ने मारवाडी सेवा समितीका साथै एक पटकमा सबै भन्दा बढी २ सय ११ पीण्ट रक्त संकलन गर्ने सहयोगी बचत तथा ऋण सहकारी संस्था सहित १३ संस्थालाइ रनिङ्ग शिल्ड प्रदान गरीएको थियो ।

कार्यक्रममा रगत र रक्त तत्व सम्बन्धीत विज्ञहरुको उपस्थीती रहनुका साथै ब्लोदानसंग आवद्ध रहेका संघ संस्थाहरुको उपस्थीति रहेको थियो । संस्थापक सदस्य दिव्यमणी दिक्षितले समारोहमा संस्थाको उत्तरोत्तर प्रगतीप्रति खुसी व्यक्त गर्दै सहयोग स्वरुप संस्थालाइ रु ५ हजार प्रदान गर्ने घोषणा गर्नु भयो । संस्थाका वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदीले स्वंयसेवी रक्तदाताले निशुल्क प्रदान गरेको रगत विरामीका लागी सरकारले पूर्ण रुपमा सोधभर्ना गर्नु पर्छ भन्दै त्यसको लागी ब्लोदानले आवस्यक पहल गर्न जरुरी रहेको बताउनु भयो ।

साधारण सभामा केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले ब्लोदानको उद्देश्य अनुसार विरामीलाइ रगत निशुल्क बनाउने कुरामा हामी सधै ब्लोदानसंगै रहेका छौ र सधै सहकार्य गरी अगाडी बढनेकुरामा सकारात्मक छौ । पुर्ण रुपमा स्वतभर्नाका लागी रेडक्रस र ब्लोदानको सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिनु भयो । कार्यालय प्रयोजनको लागी ब्लोदानको कार्यालय राख्नको लागी आवस्यक व्यवस्था गरीएको बताउदै संस्थाको २५ औ वार्षिक साधारण सभाको सफलताको शुभकामना दिनु भयो । संस्थाको बरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले आफुले स्थापना गरेको संस्थाको २५ औ साधारण सभामा सहभागी हुन पाउदा आफुलाइ खुसीलागेको बताउनु भयो । त्यस्तै कार्यकारी निर्देशक, ने.रे.सो का डा. उमेश ढकालले स्वागत मन्तव्य राख्नु हुदै संस्थाले आफ्नो उद्ेश्य अनुसार कार्य गरी आएको र जोखीमका बेलामा पनि निरन्तर खटीइ सेवा प्रदान गरी अनुकरणीय कार्य गरेको हुँदा ब्लोदान परिवारप्रति आभार व्यक्त गर्नु भयो ।

सोही कार्यक्रममा कास्कुनका उपाध्यक्ष नवराज अर्यालले ३ वर्ष अघि शुरु गरीएको कास्कुन ब्लोदान संयुक्त रक्तदान बाट १ हजार ३ सय ३० पीण्ट रगत संकलन गर्न सफल भएको बताउदै कास्कुन ब्लोदान कार्यक्रमलाइ उत्कृष्ट रुपमा गर्न नसकिए पनि यसलाइ निरन्तरता भने दिइ रहेको बताउनु भयो । साथै आगामी दिनमा यस कार्यक्रमलाइ व्यवस्थीत गरेर अगाडी बढाइने जानकारी दिनु भयो । कार्यक्रममा महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षले पेश गर्नु भएको लेखा परीक्षण प्रतिवेदन बहुमतले पारीत गरी साधारण सभा सम्पन्न भएको घोषणा गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्