एकैदिन थप २०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस स‌ंक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् ।

हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्