भारतीय अनुदान सहयोगमा विद्यालय भवन

0
Shares

काठमाडौं ।

रुपन्देहीको रोहिणी गाउँपालिका, धकधईमास्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएकाे विद्यालय तथा प्रयोगशाला भवन उद्घाटन गरिएको छ ।

शनिबार गृह मन्त्री बालकृष्ण खाण र भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल -भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।