स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौ : स्वास्थ्य राज्यमन्त्री

0
Shares

काठमाडौं  । 

स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समितीको दोस्रो बैठक शुक्रवार वसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितीको दोस्रो बैठक बसेको हो । बैठकमा स्वास्थ्य विमाका प्रशासनिक सुधार, व्यवस्थापकिय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए ।

बैठकमा स्वास्थ्य विमामा भएको बेथीतिका विषयमा पनि औंल्याइएको थियो । यस्तै स्वास्थ्य विमा कार्यक्रमको वर्तमान स्थितीको आँकलन गरिएको थियो । सो क्रममा राज्यमन्त्री केसीले स्वास्थ्य विमालाई आम जनतासंग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थीत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘केहिदिन प्रतिवेदन बाहिर ल्याउँछौं । विमा कार्यक्रमलाई आम विमीतसंग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छुँ । ’

स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समिती गठन भएको थियो । गत साउन २६ मास्वास्थ्य मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समिती गठन गरेको थियो । समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको थियो ।