प्रतिनिधिसभामा मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङको नाम सर्वसम्मत


लमजुङ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ।

उनी श्रममन्त्री पनि भइसकेका छन् । कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए ।