प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त दुई वर्षपछि पक्राउ

0
Shares

बुटवल । प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज-७ का काशिराम मुराउ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व-पश्चिम महेन्द्र राजमार्गको फायरलाईनबाट ८ सय मिटरभित्र घना जंगलमा लगेर २ वर्ष पहिले प्रेमिकाको हत्या गरी मुराउ फरार भएका थिए ।

फरार मुराउलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । गुल्मीको साविक अर्खवाङ-२ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याललाई २०७७ माघ १० गते हत्या गरी जंगलमा बेवारिसे अवस्थामा फालिएको शव प्रहरीले फेला पारेको थियो ।