पाँच वर्षभन्दा माथिका १६ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप



लमजुङ । लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालवालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।

अभियान अन्र्तगत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालवालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले बताउनुभयो ।

खोप अभियान अन्र्तगत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखि खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललवालिकालाई वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालवालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

खोप अभियान सुरु भएको पहिलो दिन ७ गते नेपाल वन्दका कारण खोप अभियान केहीँ प्रभावित वनेको थियो । त्यस्तै सो समयमा भाइरल ज्वरो तथा रुघाखोकीका कारण पनि केहीँ बालवालिकाले खोप लगाउन नपाएकाले पहिलो मात्रा खोप लगाउन छुट भएको बालवालिकालाई असोज पहिलो साता खोप लगाइने खोप सम्पर्क व्यक्ति तथा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक बरालले बताउनुभयो ।

कोरोना विरुद्धको खोपअभियान अन्र्तगत जिल्लाको चार स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालवालिकालाई बुस्टर डोज लगाउन सुरु भएको छ । खोपको उपलव्धता अनुसार बेसीशहर, सुन्दरवजार दोर्दी र मस्र्याङदी गाउँपालिकाका बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।

यसअघि कोभिड १९ विरुद्ध मोडेर्ना खोपको पहिलो र दोस्रो मात्रा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोप बुस्टर मात्र लगाइएको हो । बुस्टर मात्रा लगाउने अभियान आगागि २१ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चारवटै स्थानीय तहका विद्यालय विद्यालयमा बालवालिकालाई बुस्टर मात्रा लगाइएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिला पुगेका बालवालिकालाई मात्र बुस्टर मात्रा खोप दिइने भएकाले खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएको जान बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

यस्तै यसअघि मोडेर्ना खोप लगाउन विविध कारणले खोपको पहिलो तथा दोस्रो मात्रा लिन छुट भएका बालवालिकालाई पनि खोप लगाइने भएको छ । माक्सको अनिवार्य प्रयोग गर्न र खोप केन्द्रमा भिडभाड नगरि सामाजिक दुरी कायम राख्न जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्