एकै महिना ५ सय ५८ मा डेंगु



हेटौंडा । हेटौंडामा आर्थिक वर्ष २०७८/०७९ मा १ सय ९५ जनामा डेंगु संक्रमण रहे पनि चालु आर्थिक वर्ष २०७९/०८० को एक महिना अवधिमा ५ सय ५८ संक्रमित देखिएको छ ।

चालु आर्थिक वर्षको संक्रमणदरअनुसार हेटौंडा–४ मा २ सय २६ र वडा– ५ मा ७६ जनामा डेंगु संक्रमण छ । हेटौंडा–४ मा डेंगुका बिरामी उपचारपछि निको भए पनि दोहोरिएर संक्रमण भएको तथ्यांक फेला परेको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फैल“दै गरेको डेंगु नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरको जनस्वास्थ्य शाखाले नगरभर डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

संक्रमणदर बढ्दै गएपछि उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्व र स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको हो । अभियानअनुसार वडा तहमा सरोकारवालाको सहभागितामा लार्भा नष्ट गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका जोखिमपूर्ण ठाउ“का अनुगमन गरी सफाइ गर्ने बताइएको छ ।

शुक्रबार शाखाले अभिमुखीकरण गर्दै अभियानलाई औपचारिकरुपमा घोषणा गरेको हो । उपमहानगर उपप्रमुख राजेश बानिया“को सभाध्यक्षता र नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरणमार्फत् ४ दिन लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादबले जानकारी दिनुभयो ।

नगर प्रमुख लामाले रोगको संक्रमणले बजार क्षेत्रका बासिन्दा त्रसित रहेको अबस्थामा नियन्त्रण र निराकरण अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि उपमहानगरले स्प्रे गरे पनि संक्रमणदर नियन्त्रणमा नआएकाले अभिमुखीकरणसहित सफाइ अभियानलाई स“गै लैजानुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरणमा उपप्रमुख बानिया“ले फैल“दै गरेको डेंगु नियन्त्रणका लागि ठोस योजना बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । उहाँले जिम्मेवारढंगबाट सबैको सहभागितामा संक्रमण नियन्त्रणमा अघि बढाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकृत लक्ष्मण घिमिरेले डेंगु संक्रमणको अवस्था र परिचयबारे प्रस्तुतिकरण गर्नुभएको थियो । सूचना अधिकृत घिमिरेले डेंगु संक्रमण हरेक वर्ष रहे पनि हाल बढी संक्रमित देखिएको जानकारी गराउनुभएको थियो ।

अभियानअनुसार अनुगमन र निरीक्षण शुक्रबारबाट थालिएको जनस्वास्थ्य शाखाले जनाएको छ । अभियानअनुसार हेटौंडा–४, हुप्रचौरबाट नगर प्रमुख लामा र उपप्रमुख बानिया“को अगुवाइमा लार्भा नष्ट अभियान सञ्चालन हुने जनस्वास्थ्य शाखाले जनाएको छ । शाखाले सञ्चालन गरेको अभिमुखीकरणमा प्रशासन, उद्योगी÷व्यवसायी, प्रहरी, सञ्चारकर्मीसहित सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्