बाजुरामा बजार अनुगमन कार्य प्रभावकारी बन्दै

0
Shares

बाजुरा । बाजुरामा पछिल्लो समयमा बजार अनुगमन कार्यले तीब्रता पाएको छ । गत हप्ता सदरमुकाम मार्तडीमा अनुमन गरे लगत्तै जिल्लाका बिभिन्न क्षेत्रको अनुगमन दुर्तगतीमा अघि बढेको हो ।

जिल्लामा उपभोक्ताको ब्याप्त जनगुनासो र बजारमा अखाद्य वस्तुको बिगविगी हुन थालेपछि नियमित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एबं अनुगमन अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभएको छ ।

बुधवार दिउँसो बुढीगंगा नगरपालिकाका मुख्य बजारमा अनुगमन गरिएका हुन् । बिभिन्न स्थानमा निरिक्षणका क्रममा साँफे–मार्तडी सडकखण्डर्मामा पर्ने रिठा बजार, बेतालमाण्डौं, बाम्का, फालासैन र सेरा बजारमा अनुगमन गरिएको बुढीगंगा नगरपालिकाकी नगर उप प्रमुख माया खड्का (कुँवर)ले बताउनुभएको छ ।

उप–प्रमुख खड्काका अनुसार बजारमा अनुगमनमा मूल्यसूची नराखेको, कालोबजारी बढ्दै गएको, चर्काे मुल्यवृद्धि, अवैध रुपमा लागुपदार्थ बेचविखन लगायतका कार्य दैनिक रुपमा हुँदै आएको जन गुनासोपछि अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा ५० हजार रुपियाँ बराबरको अखाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ । १० लिटर अबैध रक्सी बरामद गरी नष्ट गरेका छौं । त्यसैगरी ईजाजत नभएको एक ब्यापारीवाट ६ पेटी सन्तरा रक्सी पनि बरामद गरेका छौं सहायक प्रजिअ विष्टले भन्नुभयो ।

बजार अनुगमनका क्रममा सडक खण्डमा रहेका बजार अनुगमन गर्दा रिठा,बेतालमाण्डौं,बाम्का,फालासैन र सेराका व्यापारीले म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभएको छ ।

अखाद्य बस्तुको बजार अनुगमनका क्रममा ग्रामिण क्षेत्रको फर्मेसीको पनि अनुगमन गरिएको छ । गत साता एक नाबालकलाई अनाधिकृतरुपमा प्रिगाटिभ नामक ट्याब्लेट विक्री गरेका हल्ला बजारमा आएको थियो । सोहीक्रममा बाम्का स्थित फर्मेसीमा निरिक्षण गर्नजांदा उक्त फार्मेसी सञ्चालक फरार रहेकाछन् ।

फार्मेसीमा जांदा पसल बन्द थियो ।निजलाई जिल्ला प्रशासन कार्यालय मार्तडीमा उपस्थित हुन पत्राचार गरिनेछ । अटेर गरे कानुनी अनुसार कारवाही गरिनेछ उहाँले भन्नुभयो ।

अनुगमनमका क्रममा अधिकांश व्यापारीले दर्ता विना नै व्यवसाय गर्दै आएको भेटिएका छन् । दर्ता विना संचालन भएका पसलका व्यापारीलाई पहिलो पटक एक साता भित्र दर्ता गर्न अनुगमन टोलीले सुझाव दिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाजुराका नायव सुब्बा पदम ऐरले बताएका छन् ।

यस्तै बजारर अनुगमनमा पहिलो चरणमा व्यापारीलाई मूल्य सूची राख्नुपर्ने, विल विजक जारी गर्नुपर्ने,सबैले देख्ने गरी बोर्ड राख्नुपर्ने, लगायतका सुझाव टोलीले दिएको छ ।

दोस्रो पटक बजार अनुगमनका क्रममा दिएको सुझाव व्यापारीले पालना नगरेको पाइएमा जरिवाना तिराउने टोलीले बताएको छ । बुढीगंगा नगरपालिकाकी उप प्रमुख माया खड्का(कुँवर)को संयोजकत्वमामा बजार अनुगमन गरिएको हो ।

अनुुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट,प्रहरी निरिक्षक गीन्द्रबहादुर बोगटी,शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक जगदिश विष्ट,बुढीगंगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरेन्दू्र नाथ,स्वास्थ्य कार्यालय बाजुराका लालबहादुर खड्का,घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका नायव सुब्बा पदम ऐर सरकारी निरिक्षण सँयुक्त अनुगमन गरेको हो ।

गत महिना पनि सदरमुकाम मार्तडीमा मात्र रोहित क्लििनिक सहित १२ वटा पसलमा शीलबन्दी गरिएको थियो । ७० हजार रुपैंया जरिवाना सहित धेरैजसो अखाद्य बस्तु पनि नष्ट गरिएको थियो ।

यता बजारमा आउने अखाद्य बस्तु धनगढी, साँफे लगायतका थोक बिक्रेताबाट आउने गरेको छ । सामान थोकमा ल्याउँदा केही म्यादगुज्रेका सामान साहुले भिडाईदिन्छन् । साना मात्र हैन ठूला होलसेलरको पसलमा पनि छापा मार्नुपर्छ बाजुराका ब्यपारीको भनाईछ ।