आगलागीबाट लाखौँ रुपियाँको धनमाल जलेर नष्ट

0
Shares

काठमाडौं । तेह्रथुममा आगलागीबाट लाखैँ रुपियाँको धनमाल जलेर नष्ट भएको छ ।

सोमबार बेलुका जिल्लाको म्याङलुङ नगरपालिका(६ हरिसे बस्ने अबिन्द्र आँपगाईको सोही ठाउँस्थित किराना पसलमा सोमबार बेलुकी आगलागी हुँदा किराना सामान र करिब १० लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका(२ मगरमुढामा पार्किङ गरि राखेको लु १ ख ६६५४ नम्बरको बसमा मंगलबार बिहान आगलागी हुँदा बसको भित्री भाग, सिट सिसा लगायत पूर्णरूपमा जलेर करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।