तीजको कारणले कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

0
Shares

काठमाडौं ।

तीजको कारणले गर्दा आज सार्वजनिक हुने भनिएको कक्षा १२ को परीक्षाफल भोलि सार्वजनिक हुने भएको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएकाले आज सार्वजनिक गर्ने निणर्य गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डकाे बैठक दिउँँसो ३ बजे बस्ने लागेको हो । बैठकमा कक्षा १२ को नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।