उम्मेदवारी सिफारिस गर्दा पैसा नउठाउन कांग्रेसको निर्देशन

0
Shares

काठमाडौं ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो ।

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न-नउठाउन निर्देशन दिइएको छ ।