मेयर बालेन आफ्नो बोलीमा लगाम लगाऊ 

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुरु गरेको अभियानको विरोध भन्दा पनि समर्थन बढी छ । किनकि लामो समय देखि राजधानीवासीले भोग्दै आएको पीडाको सम्बोधन गर्न लागेको भन्दै राजधानीवासीहरू अहिले खुसी भएका छन् ।

पहुँचको भरमा केही मुठ्ठीभरका व्यक्तिहरूले पार्किङलागि भनेर अनुमति लिएको तर पार्किङमा प्रयोग नगरी पसल सञ्चालन गर्न दिएपछि काठमाडौँ महानगरपालिकाले त्यस्ता ठाउँमा बनेका संरचना भत्काउने अभियान शुरु गरेको छ । यसलाई ठिकै मान्नु पर्दछ । यो पंतिकारको नीजि बिचार हो ।

धुलो, धुंवा र ट्राफिक जामका कारण वाक्क बनेका जनताका लागि नायक बनेर हिँडेका बालेनको बोली सुन्दा उनी जनप्रतिनिधि हुन कि टोल टोलमा बसेर शासन गर्दै आएका टोले गुन्डा हुन  छुट्याउन गा-हो पर्न थालेको छ । एउटा जनप्रतिनिधिले जनतासँग बोल्ने बोली कस्तो हुनु पर्ने हो यो बहसको विषय बनेको छ । यी शब्द लेखिरहदा बालनेका समर्थक र अन्धभक्तहरूलाई यो कुरा मन नपर्न सक्छ ।

यो लोकतन्त्र हो जसले पनि आफ्नो बिचार राख्न पाउँछ ।  अन्धभक्त र समर्थकले गाली नदेलान् भन्न सकिँदैन । तर एउटा जनप्रतिनिधिले आक्रोशित भिडमा  बोल्दा होस पु-याउनु पर्दैन ?  अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । सार्वजनिक जमिन कब्जा गरेर बसेका एउटा साधुको कुटी महानगरपालिकाले भत्काइदिएपछि उनी रिसले चुर हुँदै बालेनको घरमा पुग्दा उनले गरेको व्यवहार पक्कै पनि एउटा जनप्रतिनिधि गर्ने व्यवहार गरेको देखिँदैन ।

भीडमा बालनेका समर्थक र विरोधी समूहको भेटपछि बालेनले ती साधु ( जोगी) लाई प्रयोग गरेको शब्द पक्कै पनि एउटा जनप्रतिनिधि बोल्ने शब्द होईनन । साधु र मेयर बालेनबीच कुटी भत्काएको विषयमा भनाभन हुँदा मेयर बालेनले ‘तँ को हो मलाई कानुन सिकाउने’ भन्दै पाखुरा सुर्केर साधुको अघि तथानाम शब्द प्रयोग गर्दै अगाडि बढ्नु पक्कै पनि एउटा मेयरका लागि सुहाउँदो शब्द होइन ।

एउटा जनप्रतिनिधि त उत्तेजित बनेको समूहलाई सम्झाउने होला र परिस्थितिलाई काबुमा लिनु पर्ने होला नि ?  उल्टै गुण्डागर्दी शैलीमा उत्रिएर जाइलाग्नु पक्कै पनि राम्रो होइन ।  युवा जोस सबै युवासँग हुन्छ । जोसमा होस पु-याउन सकिएन भने अहिलेको अभियान नै असफल हुन सक्छ यतातर्फ मेयर बालेनको ध्यान जानु पर्दैन । हिन्दी फिल्म नायकमा अनिल कपुरले गरेको अभिनय र बालेनको अहिलेको काम गराई ठ्याक्कै उस्तै छ ।  आफूमाथि आइपरेका तमाम समस्यालाई अनिल कपुरले कुनै घमन्ड नदेखाई समाधान गरेको देखिन्छ तर हाम्रा मेयर बालेनले प्रयोग गरेको शब्दले नायक होइन खलनायक नबनाउला भन्न सकिँदैन ।

दलीय राजनीतिबाट वाक्क बनेका जनताले मेयर बालेनलाई यस पटक प्रयोगमा ल्याएका हुन । जुन भरोसका साथ जनताले मेयरमा निर्वाचित गरेर पठाएका हुन त्यो भरोसालाई बालेनले मर्न दिनु हुँदैन । तर कहाँ बोल्दा के बोल्ने भन्ने कुरा चाही मुख्य कुरा हो । आक्रोशित भिडमा गएर मेयर बालेनले रुखो शब्द प्रयोग गर्ने होइन संयमित बनेर बोल्दा बालेनको अभियानले सफलता पाउला ।

पछिल्लो समय अभियानमा सामेल भएका बालेनले हरेक मानिसलाई प्रयोग गरिएको शब्दले अभियानलाई सघाउ पु-याएको देखिँदैन । अभियान राम्रो भएपनि यसले कालान्तर सम्म मेयर बालेनलाई गिज्याइ रहने छ त्यसैले आफ्नो बोलीमा लगाम लगाऊ मेयर बालेन ?