![](https://newsofnepal.com/wp-content/uploads/2022/08/301999484_1179338076250258_4216397070324056682_n.jpg)
काठमाडौं ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् ।
न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् ।
महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।