वागमतीमा कांग्रेस राम्रो : प्रचण्ड

0
Shares

काठमाडौं  । 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताउनुभएको छ ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र भने पार्टीको अवस्था राम्रो रहेको दाबी गर्नुभएको छ ।

तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको दावी गर्नुभयो ।

वागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताउनुभयो । वागमतीमा कम्युनिस्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी वागमतीमा कांग्रेसको राम्रो रहेको बताउनुभएको थियो ।