आमरण अनशन बस्ने डा. केसीको चेतावनी

0
Shares

काठमाडाैं  ।

डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।

शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताउनुभएको हो । आफूसँग सरकारले गरेको सम्झौताअनुसार काम गर्न चासो नदेखाएको र चिकित्सा शिक्षा सुधारलाई अस्तव्यस्त पार्न खोजेकाले त्यसका विरुद्धमा पुनः अनसन बस्ने उहाँले बताउनुभयो ।

प्रत्येक प्रदेशमा एक मेडिकल कलेज सञ्चालन गर्ने कानुन आए पनि त्यसअनुरूप काम नभएकोमा उहाँले आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो– ‘मधेस प्रदेश र गण्डकी प्रदेशमा २०८० सम्म सरकारी मेडिकल कलेज खोल्ने भनेको त्यसमा केहि काम भएको छैन ।’ आफ्ना माग पूरा नभए भदौ १२ गतेदेखि अनसन थाल्ने योजना बताएका डा. केसीले यसबीचमा सरकारसँग कुराकानी भइरहेकाले दुई साता सारेको बताउनुभयो ।