विमानचालकले ककपिटभित्र मुक्का हानाहान गरेपछि…

0
Shares

काठमाडौं ।

जिनिभाबाट फ्रान्सको राजधानी प्यारिसका लागि उडेको एउटा एअरबस ए३२० का चालक र सहचालकले ककपिटभित्र मुक्का हानाहान गरेको स्विट्जरल्यान्डको ला ट्रिबुन पत्रिकाले जनाएको छ।

उक्त घटना जुन महिनामा भएको थियो। ककपिटभित्रबाट हल्ला आएपछि चालकदलका अन्य सदस्यहरूले हस्तक्षेप गरेका थिए। विमान सुरक्षित रूपमा अवतरण गरुन्जेलसम्म चालकदलका अर्का एक सदस्य पनि ककपिटभित्रै बसेका थिए। एअर फ्रान्सको उक्त घटनाले उडान प्रभावित भएको दाबी ला ट्रिबुनसँग गरेको छ।

गत साता फ्रान्सको उड्डयन क्षेत्रबारे अनुसन्धान गर्ने निकायले एअर फ्रान्समा सुरक्षाविधिबारे बलियो प्रचलन नभएको भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो।

त्यसपछि बल्ल जुन महिनाको उक्त घटना सार्वजनिक भएको हो। उक्त विमानमा ३२४ यात्रु थिए। विमानले सकुशल मुम्बईमा अवतरण गरेको थियो। एक प्रत्यक्षदर्शीका अनुसार पुरुष विमानचालकले पहिला महिला सहकर्मीलाई थप्पड हानेका थिए। त्यसपछि रुँदै महिला विमानचालक ककपिटबाट बाहिर निस्किएकी थिइन्।

तर चालकदलका अन्य सदस्यले उनलाई ककपिटमा गएर उडानसम्बन्धी काम गर्न फकाएका थिए। सुरक्षासम्बन्धी नियम उल्लङ्घन गर्दै ती पुरुष विमानचालक दुईचोटि ककपिट खाली राखेर बाहिर निस्किएको भारतीय नागरिक उड्डयन निर्देशनालयका एक अधिकारीले बताएका थिए। एअर फ्रान्सको एउटा विमानभित्र हात हालाहाल गरेपछि दुई विमानचालकलाई निलम्बन गरिएको विवरण प्रकाशित भएको छ ।

बिबिसीबाट साभार