बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत



k|ltlglw;ef a}7s sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf ;xefuL ;b:o . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधयेक २०७९ स्वीकृत गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधयेक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।

सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्